PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

परीक्षा केन्द्रमै बच्चा जन्मियो



पहिलोपोस्ट


जाजरकोट : दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन्। 

सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए। 

बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको लिम्सा स्वास्थ्य कार्यालयले बताएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell