PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु 



पहिलोपोस्ट

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–१० भिमानमा गएराति भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ। दुर्घटनामा कनपा–१० निवासी ट्याक्टरका कामदार १८ वर्षीय कपिल तामाङको ज्यान गएको हो। 

कनपा–१० चदाँखोलामा बलौटो लिन गएको ना ३ त ६०९७ नंको ट्याक्टर उकालो सडकबाट लोड तान्न नसकी व्याक ‘हुँदा’ दुर्घटना भएको थियो। ट्याक्टर ‘व्याक’ हुँदा इन्जिनले च्यापिएर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको बताइएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell