PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

पर्सामा २ लाख ८१ हजार मतदाता, १६५ मतदान केन्द्र, तीन वर्षमा ३० हजार मतदाता बढे



राधेश्याम पटेल

पर्सामा २ लाख ८१ हजार मतदाता, १६५ मतदान केन्द्र, तीन वर्षमा ३० हजार मतदाता बढे

वीरगन्ज : पर्सामा आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि करिब २ लाख ८१ हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीका अुनसार निर्वाचन घोषण भएको दिन फागुन ९ गते १८ वर्ष उमेर पुगेका २ लाख ८१ हजार मतदाता रहेको र सोही संख्या नै पर्साको लागि कूल मतदाता भएको उनले बताए।

त्यसैगरी, जिल्ला निर्वाचन कार्यालय पर्साले १६० देखि १६५ वटा मतदान केन्द्र राखिने तयारी रहेको उनले जनाए। २०७० सालको दोस्रो संविधान सभाको चुनावमा पर्सामा १५६ वटा मतदान केन्द्र भए पनि यसपाली करिब १० वटा केन्द्र बढ्न सक्ने कार्यालयले जनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको संयोजकत्वमा रहेको मतदान केन्द्र निर्धारण समितिको बैठक चाँडै बस्दैछ, त्यसपछि यकिन मतदान केन्द्र तोकिने कार्यालय प्रमुख पराजुलीको भनाइ छ।

यसैबीच, तीन वर्ष पहिले भएको दोस्रो संविधान सभाको निर्वाचनमा कूल मतदाता २ लाख ५१ हजार ५६३ जना रहेका थिए। यसपटक करिब ३० हजार मतदाता बढेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell