PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

डेविड शंकरको ‘आईकम बिकम’मा शैक्षिक बेरोजगारी



पहिलोपोस्ट

डेविड शंकरको ‘आईकम बिकम’मा शैक्षिक बेरोजगारी

काठमाडौं: गायक डेविड शंकरको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत ‘आईकम बिकम’को भिडियो टेलिभिजन च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको हो। गीतमा शंकरकै शब्द, संगीत तथा स्वर रहेको छ। गीत गायक डेविड शंकरको दोस्रो एकल एल्बममा समावेश छ।

गोपाल रसाइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन्। गायक डेविड शंकरद्वारा नै अभिनय गरिएको उक्त भिडियोका सम्पादक तथा छायांकार पनि फराज अर्पण नै हुन्।

भिडियोमार्फत नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको छ। शैक्षिक बेरोजगारीका कारण नेपाली युवा अझै पनि विदेशिन बाध्य छन् भन्ने सन्देश भिडियोले बोकेको छ। कम समयमै दर्शकको मन जितेको छ। फार अवे इन्टरटेन्मेन्टले निर्माण गरेको उक्त भिडियोलाई हाइलाइट्स रेकर्ड्सले यूट्युवमा रिलिज गरेको हो।

शंकरको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ सालमै बजारमा आएको थियो भने दोस्रो एकल एल्बम नयाँ वर्षको अवसर पारेर सार्वजनिक गर्ने तयारीमा छन्।

यस्तो छ भिडियो:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell