PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

भक्तपुरमा जुवाखालबाट आठ पक्राउ



रासस

भक्तपुरमा जुवाखालबाट आठ पक्राउ

भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले मध्यपुरठिमी नगरपालिका–२ बस्ने प्रेमकृष्ण श्रेष्ठले ठिमी बोडेमा सञ्चालन गरेको न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलाइरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ।

प्रहरीले रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित जुवातास खेलिरहेको अवस्थामा आठजनालाई जुवाखालबाट नगद रु ६७ हजार दुईसय ४० सहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए।

प्रहरीले पक्राउ परेकालाई म्याद थप गरेर आवश्यक कारबाही अगाडि बढाउने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell