PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

१२ किलो तौल भएका ६३ वर्षे पौडेलले भेटे प्रधानमन्त्रीलाई



पहिलोपोस्ट

१२ किलो तौल भएका ६३ वर्षे पौडेलले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं : संसारको सबैभन्दा कम तौल र उचाइ भएका कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन्। अर्घाखाँचीका शिक्षासेवी उनी हाल ‘गिनिज बुक’मा नाम लेखाउन पहल गरिरहेका छन्।

आज बिहान बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्रीले पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन पहलका लागि सरकारको तर्फवाट सहयोग रहने बताए। पौडेलको जिविकोपार्जनका लागि समेत सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन्। पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने प्रधानमन्त्रीले बताए।

अर्घाखाँचीको ठूलापोखरा-२ रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा-२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसकेका छन्। शारीरिक रुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडेल हाल भोजन नली र अन्य शारीरिक समस्याले काठमाडौंमा उपचाररत छन्।

१२ किलो तौलका पौडेल ६३ वर्षका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell