PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

नयाँ शक्तिको ‘हिमाल-पहाड-तराई/मधेस अभियान’ आजदेखि



पहिलोपोस्ट

नयाँ शक्तिको ‘हिमाल-पहाड-तराई/मधेस अभियान’ आजदेखि

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले आजदेखि ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सुरु गरेको छ। 

पहिलो चरणमा चैत १ देखि ७ गतेसम्म आन्तरिक तयारी सकिएपछि पार्टीले आजबाट अभियान सञ्चालनमा ल्याएको हो। चैत १३ गतेसम्म देशका विभिन्न स्थानमा सभाहरु आयोजना गर्ने भएको छ। आज लहानमा सभा आयोजना गरेर चैत १३ गते धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुने पार्टीले जनाएको छ। 

हिमाल, पहाड र तराई/मधेसलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दबाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell