PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

भोजपुरमा ८० प्रतिशतलाई हात्तीपाइलेको औषधि



रासस

भोजपुरमा ८० प्रतिशतलाई हात्तीपाइलेको औषधि

भोजपुर : भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। यही चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाइएको हो।

औषधि एकलाख ५० हजार चारसय ९५ जनालाई खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए। दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका लागि दुई सय ३५ स्वास्थ्यकर्मी र एक हजार एकसय तीन महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

भोजपुरमा कूल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell