
काठमाडौं: फिल्म 'रातो घर' सार्वजनिक मिती तय भएको छ।‘रातो घर’ युनिटले आउँदो जेठ १९ गतेका लागि आफ्नो रिलिज डेट घोषणा गरेको हो।
फिल्मको नेपाल अघि अमेरिका, अष्ट्रेलिया र लण्डन प्रदर्शन भैसकेको छ।
फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, माला लिम्बु, विकेश श्रेष्ठ, भानु प्रताप लगायत आदी कलाकारको मुख्य भूमिका रहेको छ। माङहिम फिल्मस र तक्मे प्रोडक्शनको ब्यानरमा निकेश लिम्बुले निर्माण गरेको सिनेमाले पूर्वी नेपालको एक सामाजिक कथा पेश गर्छ।
एक्शन, कमेडी जानराको फिल्मलाई सुरज सुब्बाले गरेका हुन्। फिल्ममा समावेश 'झकास झापाली' बोलको आइटम गीत चर्चामा छ। गीतको भिडियोमा माला लिम्बुको प्रस्तुती रहेको छ।