PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

पछि धकेलियो अमिताभ बच्चनको फिल्म 'सरकार-३'



पहिलोपोस्ट

पछि धकेलियो अमिताभ बच्चनको फिल्म 'सरकार-३'

रामगोपाल वर्माको निर्देशनमा बनेको फिल्म सिरिज 'सरकार'को तेस्रो संस्करणको ट्रेलर सार्वजनिक भए देखिनै चर्चामा रह्यो। फिल्मको ट्रेलरसँगै रिलिज मिती पनि तय भएको थियो। निर्माण युनिटले आउँदो अप्रिल ७ लाई रिलिज मिती टार्गेट गरेपनिल पुन: नयाँ रिलिज सार्वजनिक भएको छ। फिल्म अब मार्च १२ मा मात्र प्रदर्शनमा आउने भएको हो।

पोस्ट प्रोडक्शनको काम नसक्किएको कारण प्रदर्शन मिती पछि धकेलिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

फिल्ममा अमिताभ बच्चन सुभास नागरेका रुपमा देखिएका छन्। फिल्ममा पहिलो पटक अभिनेता अमित साध र यमी गौतम एकसाथ देखिँदैछन्। फिल्ममा ज्याक्की सर्फ, रोनित राय र वाजपेयीको पनि अभिनय रहेको छ।

पोलिटिकल क्राइम थ्रिलर ड्रामामा पि.जय कुमार र रामकुमार सिंहको पटकथा र संवाद रहेको छ।  फिल्मको कथा भने निर्देशक वर्माकै लेखन हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell