PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

प्रधानमन्त्रीको चीन भ्रमण : चिनियाँ राष्ट्रपतिलाई भेट्ने तर कुनै सन्धि-सम्झौता नहुने



पहिलोपोस्ट

प्रधानमन्त्रीको चीन भ्रमण : चिनियाँ राष्ट्रपतिलाई भेट्ने तर कुनै सन्धि-सम्झौता नहुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोवाओ फोरममा सहभागी हुन बिहीबार चीन प्रस्थान गर्दैछन्।

बिहीबार चीनको ग्वान्झाओ प्रस्थान गर्ने प्रधानमन्त्रीले दक्षिणी चीनको हेनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने बोवाओ सम्मेलनमा सहभागिता जनाउनेछन्। बोवाओ फोरम फर एसियाका महासचिव एच इ झो यङहङको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

चैत ११ गते उनले चीनका उपप्रधानमन्त्री एच इ झ्याङ गाओलीसँग दुई पक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ। चैत्र १२ गते ग्लोबलाइजेसन एण्ड फ्री ट्रेड : एसियन प्रस्पेक्टिभ्स विषयमा उनले बोवाओको मञ्चको उद्घाटन समारोहमा सम्बोधन गर्नेछन्। त्यसैदिन उनी बेइजिङ जाने कार्यक्रम तय भएको छ। 

बेइजिपङ पुगेर प्रचण्डले चीनका राष्ट्रपति सि जिन पिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि बनेको छ। भेटमा द्वीपक्षीय सम्बन्धलाई अझ बिस्तार र सुदृढ गर्ने सम्बन्धमा कुराकानी हुने जनाइएको छ।  तर सो भ्रमणमा कुनै सन्धि, सम्झौता, समझदारीमा हस्ताक्षरको कार्यक्रम नभएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

चैत्र १३ गते उनले नेपाल चाइना रिलेसन प्रोस्पेक्टस् फर ग्रोथ एण्ड प्रोस्पेरिटी विषयमा वेइजिङ फरिजन स्टडिज युनिभर्सिटिजमा विभिन्न विद्वान, शिक्षाविद्, व्यवसायी तथा विद्यार्थीहरुलाई सम्बोधन गर्ने र उक्त विश्वविद्यालयको परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने तथा सोही चिनियाँ व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्रीले तिब्बत स्वशासित क्षेत्रको भ्रमण गर्नेछन्। 

भ्रमण दलमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी तथा मन्त्रालयका अन्य पदाधिकारी सम्मिलित हुनेछन्। प्रधानमन्त्रीको भ्रमण दल चैत १६ गते ल्हासाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell