PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्ताव अघि बढाउने माओवादी केन्द्रको निर्णय



पहिलोपोस्ट

सीमाङ्कनलाई थाती राखेर संशोधन प्रस्ताव अघि बढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा मा‌ओवादी केन्द्रले सीमांकनको विषयलाई अहिले दुई तिहाइ पुग्न नसकेका कारण तत्कालका लागि थाती राखेर संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको छ। 

बुधबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण र इलेक्ट्रोरल कलेजका सम्बन्धमा संशोधन अघि बढाउने निर्णय गरेको प्रवक्ता भुषालले जानकारी दिइन्। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण र मधेसी मोर्चासँग भइरहेको छलफलबारेमा जानकारी गराएका थिए। प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने जानकारी बैठकमा दिनुभएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्। 

प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने तथा औपचारिक सम्झौताका लागि आधार तयार पार्ने काम हुनेछ।

आजको बैठकले पूरै पार्टी पंङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने निर्णय पनि गरेको छ।

यसैगरी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल भएको थियो। छलफलमा प्रधानमन्त्रीले मधेसी मोर्चासहित आन्दोलनरत पक्षसँग सहमतिका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell