PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार



पहिलोपोस्ट

एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार

काठमाडौँ : थाइल्याण्डको बैंककमा उपचाररत एमाले नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार आएको छ। 

अधिकारीको मुत्रथैली र पेटमा समस्या देखिएपछि गत बुधबार बैंकक लगिएको थियो। अधिकारीको बैंककस्थित भेजथानी अस्पतालमा उपचार भइरहेको छ। 

अधिकारी पुत्री लीमाका अनुसार उनको ‘सिस्टोसकोपी’ गरिएको छ। चिकित्सकले अधिकारीलाई अझै केही समय प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपर्ने बताएका छन्। 

‘अहिले उहाँलाई नेपालबाट ल्याएको भन्दा धेरै राम्रो भएको छ’, लीमाले भनिन्, ‘डाक्टरहरुले अझै केही समय यहीं राख्नुपर्छ भनेका छन्।’ 

पारिवारिक स्रोतका अनुसार अधिकारीको मुटुमा समेत समस्या छ। तर, वृद्ध अवस्थाका कारण मुटुको शल्यक्रिया गर्दा जोखिम हुने भन्दै चिकित्सकले औषधि दिएका छन्। नेता अधिकारीको गत वर्ष भारत हरियाणाको मेदान्त सिटी अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि गत साता उनलाई बैंकक लगिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell