PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

सिरियाको विद्यालयमा हवाई आक्रमण, ३३ जनाको मृत्यु



पहिलोपोस्ट

सिरियाको विद्यालयमा हवाई आक्रमण, ३३ जनाको मृत्यु

दमास्कस : सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ। मारिनेमा अधिकांश नागरिक रहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। 

अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन्। 

हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट (आईएस) लडाकुहरूको वास्तविक राजधानी मानिन्छ। 

बेलायती सहयोग रहेको अनुगमनकर्ताहरूको समूह वाचडगग्रुपले ३३ जनाको शव भेटिएको बुधबार जानकारी दिएको छ। 

रक्वा क्षेत्रमा संयुक्त सुरक्षा फौजले पछिल्लो केही समयदेखि आईएस लडाकुविरुद्धको हवाई आक्रमणलाई तिव्रता दिएको पनि वाचडगले जनाएको छ। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell