PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

स्थानीय निर्वाचनका लागि इलाममा १४४ मतदानस्थल



पहिलोपोस्ट

स्थानीय निर्वाचनका लागि इलाममा १४४ मतदानस्थल

इलाम : जिल्लाका १० वटा स्थानीय निकायमा स्थानीय निकायको निर्वाचनका लागि १४४ वटा मतदानस्थल निर्धारण गरिएको छ। 

मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर १४४ वटा मतदानस्थल निर्धारण गरेको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले बताए। 

जिल्लाका छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा नयाँ स्थानीय निकायका संरचनामध्ये इलाम नगरपालिकामा २४ वटा, सूर्याेदय नगरपालिकामा २१ वटा, माई नगरपालिकामा ११ वटा र देउमाई नगरपालिकामा १८ वटा मतदानस्थल निर्धारण गरिएको छ। 

यसैगरी, चुलाचुली गाउँपालिकामा नौवटा, फाक्फोकथुम गाउँपालिकामा १४ वटा, रोङ गाउँपालिकामा १३ वटा, माङसेबुङ गाउँपालिकामा १० वटा, माइजोगमाई गाउँपालिकामा ११ वटा र सन्दकपुर गाउँपालिकामा १३ वटा मतदानस्थल निर्धारण गरिएको छ। 

संविधानसभाको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा १८ वटा मतदानस्थल बढी कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell