PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

मुस्ताङको ठिनीमा बन्यो थकाली सङ्ग्रहालय



रासस

मुस्ताङ : थकाली समुदायको उद्गमबिन्दु मानिने मुस्ताङको ठिनी गाउँमा थकाली सङ्ग्रहालय निर्माण भएको छ। 

जिल्ला समन्वय समिति मुस्ताङको रु डेढ लाख सहयोग र थकाली समुदायको पहलमा ठिनी गाउँ नजिकै कोतघरमा सङ्ग्रहालय बनाइएको हो। सङ्ग्रहालयमा थकाली समुदायको परम्परागत कला संस्कृति र परम्परा झल्कने भेषभूषा, ऐतिहासिक दस्तावेज, देवीदेवताका तस्बिर, अग्रजले प्रयोग गरेका विभिन्न किसिमका हातहतियार समेत राखिएको छ। 

देशभर छरिएर रहेका थकाली समुदायको सभ्यताको विकास भएको ठाउँमा सङ्ग्रहालय स्थापना गरेर त्यसलाई थप विकसित बनाउँदै लैजाने सङ्ग्रहालयका अध्यक्ष रत्नबहादुर थकालीले जानकारी दिए। उनका अनुसार, सङ्ग्रहालयलाई पर्यटकीय दृष्टिकोणबाट समेत विकास गर्ने योजना बनाइएको छ। 

'पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई यहाँसम्म ल्याएर सङ्ग्रहालय भ्रमण गराउने योजना छ', उनले भने, 'त्यसो भयो भने हाम्रो पौराणिक कुराको अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार हुन्छ।' 

सङ्ग्रहालय बुधबार उद्घाटन गर्दै सांसद श्रीमाया थकालीले सङ्ग्रहालय नयाँ पिँढीका लागि महत्वपूर्ण आकर्षण हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell