PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पत्रकार महासंघको अधिवेशन रोक्न निर्वाचन आयोगको पत्र



रासस

पत्रकार महासंघको अधिवेशन रोक्न निर्वाचन आयोगको पत्र

काठमाडौँ : निर्वाचन आयोगले नेपाल पत्रकार महासङ्घको शाखा अधिवेशन हाललाई स्थागन गर्न आग्रह गरेपछि महासङ्घको केन्द्रीय महाधिवेशन अन्योलमा परेको छ। 

हरेक मे ३ मा हुने विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासङ्घले आफ्नो साधारणसभा आयोजना गर्दै आएकामा यसपटक पनि आउँदो वैशाख २१ गते २५ औँ महाधिवेशनको तयारी गरेको छ। आयोगले स्थानीय तहको निर्वाचनसम्बन्धी आचारसंहिता जारी भएको सन्दर्भमा महासङ्घका शाखा अधिवेशन रोक्न सूचना तथा सञ्चार मन्त्रालयमार्फत पत्राचार गरेको थियो। 

सो पत्रपछि महासङ्घको नेतृत्व आन्तरिक छलफलसहित आयोगसँग छलफलमा जाने तयारीमा लागेको छ। हालसम्म करिव ५० शाखाका अधिवेशन सम्पन्न भइसकेका छन्। 

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले स्थानीय निर्वाचन सफल गराउन सबै पक्षको भूमिका हुने भए पनि आचारसंहिता आउनुअघि तोकिएको अधिवेशन रोक्नु कति उचित भन्नेबारे आयोगसँग छलफल गरेपछि मात्र आफूहरु निर्णयमा पुग्ने बताए।

महासङ्घले महाधिवेशनको स्थान तय र व्यवस्थापनबारे निर्णय गर्न यही चैत १९ र २० गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell