PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

नेपाली महिला चार दिनदेखि भारतमा सम्पर्कविहीन



रासस

बैतडी : भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन्। 

सम्पर्कबिहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिए।

आइतबार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगी गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गङ्गानगर हेमन्तभाइको चालीबाट हराएको कलौनीले बताए।

पारिवारिक स्थिति कमजोर भएकाले श्रीमान श्रीमती दुवै रोजगारीको लागि भारत गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell