PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

आइपुगे चिनियाँ रक्षामन्त्री जनरल चाङ वानछुवान

आइपुगे चिनियाँ रक्षामन्त्री जनरल चाङ वानछुवान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चीनका रक्षामन्त्री जनरल चाङ वानछुवान औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्।

रक्षामन्त्री बालकृष्ण खाँडको निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि आएका हुन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नेछन्। लगत्तै उनले रक्षामन्त्री बालकृष्ण खाँडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। दुवै रक्षामन्त्रीको उपस्थितिमा चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न कार्यक्रम छ। उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्दैछन्।
 
चीनले नेपाललाई सैन्य सामाग्री र विपद् व्यवस्थापनका सामग्री सहयोग गर्नेछ। चीनमा रक्षामन्त्री सक्रिय आर्मी अधिकारी मानिन्छन्। रक्षामन्त्री केन्द्रीय समिति सदस्य हुन्छन् भने केन्द्रीय सैन्य परिषद्को उपाध्यक्ष हुन्छ। 

चिनियाँ रक्षामन्त्रीले भूकम्पबाट प्रभावित सांस्कृतिक सम्पदाहरुको समेत भ्रमण गर्नेछन्। 

नेपाल र चीनबीच यसैवर्ष हुने भनिएको संयुक्त सैन्य अभ्यासको मोडालिटी, सहभागी हुने सैन्य संख्या र मिति समेत तय हुने बताइएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell