PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

भारतमा अलपत्र १५ वर्षसम्मका ६ बालकको उद्धार



रासस

काँकडभिट्टा : भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ। 

महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो। इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जितपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिइन्।

उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन्। भारतको सिलिगुढी र न्यू जलपाइगुढी लगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो। अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ। 

'ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पुर्या इदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,' ओझाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell