PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

ट्रक दुर्घटनामा वृद्धको मृत्यु, पाँच जना घाइते



रासस

त्रिशूली : नुवाकोटको मदानपुरमा मिनी ट्रक दुर्घटना हुँदा एक वृद्धको भएको छ। ट्रकका चालकसहित पाँच जना घाइते भएका छन्। 

बेलकोटगढी नगरपालिका– १२ वासुकीमा बा४ख २४८४ नंको मिनी ट्रक दुर्घटना हुँदा स्थानीय ७० वर्षीय भीमनाथ रिमालको मृत्यु भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए। कच्ची सडकमा सन्तुलन गुमाएपछि ट्रक १० मिटर तल खसेको थियो। 

दुर्घटनामा परी चालक बलेकोटगढी नगरपालिका–६ का राजकुमार भुजेल, मदानपुर वासुकीका राधाकृष्ण सिलवाल, ट्रकमा सवार सुजन पाठक, रामचन्द्र रिमाल र श्यामबहादुर तामाङ घाइते भएका छन्। उनीहरुको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell