
काठमाडौँ : नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षा मन्त्री जनरल चाङ वानछुवानले नेपालको राष्ट्रिय सुरक्षाका साथसाथै विपद् व्यवस्थापन र शान्ति स्थापनार्थ खटिने नेपाली सेनालाई सैन्य सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालको तीन दिने भ्रमणमा रहेका जनरल वानछुवानले नेपाली सेनासँग चीनले थप सम्बन्ध वृद्धि गर्न चाहेको समेत बताएका छन्।
रक्षामन्त्री बालकृष्ण खाँडका अनुसार भेटमा नेपाली र चिनियाँ संयुक्त सैन्य अभ्यासबारे सेमत छलफल भएको थियो। भारतसँग 'सूर्यकिरण' नाम दिइएको संयुक्त अभ्यास गर्दै आएको नेपालले चीनसँग 'सगरमाथा' नामक सैन्य अभ्यास गर्दैछ।
भेटपछि रक्षामन्त्री खाँडले चिनियाँ रक्षामन्त्रीसँग भएको छलफलबारे बताएका तीन विषय
नेपालको राष्ट्रिय सुरक्षामा सहयोग
यो चिनिँया रक्षा मन्त्रीको सद्भावना भ्रमण हो। चिनियाँ रक्षा मन्त्रीले नेपालको विकासका लागि चीनले निरन्तर सहयोग पुर्याउँदै आइरहेको उल्लेख गर्नुभयो। नेपालको भौतिक विकासका लागि विकास निर्माणमा निरन्तर सहयोग रहन्छ भन्नुभयो। त्यस्तै दुवै सेनाको बीचमा पनि अत्यन्त राम्रो सम्बन्ध छ। र त्यो सम्बन्ध वृद्धि गर्न चाहान्छौँ, नेपाली सेनाले नेपालको राष्ट्रिय सुरक्षाका साथ साथै नेपालको विपद्को व्यवस्थापन र विकास निर्माण र संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति सेनाको रुपमा पनि नेपालको सेनाले विश्वभरी नै शान्तिका लागि महत्वपूर्ण भूमीका निर्वाह गरिरहेको छ।
त्यसका लागि पनि नेपाली सेनालाई हामीले सबल बनाउने सुदृढिकरण गर्ने र नेपाली सेनालाइ कसरी हामीले बलियो बनाउन सक्छौँ भन्नेकुरामा हाम्रो सहयोग रहन्छ भन्नु भएको छ।
सहयोगका विषयहरु
नेपाली सेनालाई विभिन्न खालका उच्चस्तरिय तालिम, विभिन्न सहयोग आदानप्रदान र पूर्ववर्ती समयमा पनि हुदैँ आएको छ। हामीले त्यसलाइ अगाडी बढाउँछौँ। नेपाली सेनालाइ विश्व शान्तिका लागि पिस किपिङ मिसनमा जाँदा जस्ता खालका सामाग्री आवश्यक पर्छन् र विकास निर्माणका लागि जस्तो खालको हेभि इक्युम्पेन्ट चाहिएला, विपद् व्यवस्थापनमा हामीले देख्यौँ भूकम्पका बेला हामीसँग उद्दार सामाग्री थिएन। त्यस्ता खालका मेसिनेरीहरु पनि उपलब्ध गराउछौँ। नेपाली सेनालाइ नेपालको आवश्यकता अनुसार जे जस्ता सामाग्री चाहिन्छ हामीले त्यस्ता सामाग्रीहरु सेनासँग र सरकारसँग बसेर त्यो खालको सहयोग गर्न सक्छौँ भन्नु भएको छ।
हाम्रो प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति भेट्दा पनि नेपाली सेनालाइ यिनै प्ररिप्रेक्ष्यमा विकास निर्माण, विपद् व्यवस्थापन र शान्ति सेनाका लागि चाहिने सामाग्रीहरु दिन्छु भन्नु भएको थियो। अहिले त्यसका लागि सम्बन्धित पक्षहरुले अब सम्बन्धित पक्षहरुलाई आवश्यक प्रोटोकल बनाउनु हुन्छ र हामीले लिस्ट दियौँ भने उहाँहरुले सामान उपलब्ध गराउनुहुन्छ।
संयुक्त सैन्य अभ्यासबारे
खास गरि हामीले विपद् व्यवस्थापनका लागि नै सैन्य अभ्यास गर्दै आएका छौँ र हामीले हाम्रो छिमेकी मुलुक भारत अमेरिका र बेलायतसँग पनि सैन्य अभ्यास गरिराखेका छौँ, भैराखेको छ। अहिले भर्खर पनि पाँचखालमा सैन्य अभ्यासको समाचार तपाँइहरुले दिनुभयो।
चीनसँग उत्तरी सीमामा त्यहाँको सुरक्षाका लागि त्यहाँको विपद् व्यवस्थापन त्यहाँको जस्तो कि त्यहाँको हिमताल फुट्ने सम्भावना छ। त्यहाँको सुरक्षाको समुचित प्रबन्धका लागि नेपाली सेना र चिनियाँ सेनाको बीचमा पनि सहयोगको आदानप्रदान गर्ने खालकै सैनिक अभ्यास गर्ने कुरा धेरै अगाडी देखि बढेको हो तर त्यसको लागि उहाँहरु तयार नै हुनुहुन्छ। मितिको विषयमा दुवै पक्षको सेना बसेर त्यसको गृहकार्य गरिराखेको छ।