
लन्डन : इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ।
आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो।
अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, ‘आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।’
सन्देशमा व्यक्त भावअनुसार आक्रमणकारीलाई आईएसद्वारा प्रोत्साहित गरिएको र प्रत्यक्ष रुपमा आक्रमणको तालिम दिएको स्काई न्युजले जनाएको छ।
यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मेले बिहीबार संसदलाई सम्बोधन गर्दै आक्रमणकारी बेलायती मूलका एक व्यक्ति भएको र उसका बारेमा प्रहरी र सुरक्षा सेवामा कार्यरत अधिकारीलाई जानकारी रहेको बताएकी छन्।
प्रधानमन्त्रीले आक्रमणकारी बेलायती सुरक्षा सेवाद्वारा हिंसात्मक आतङ्कवादी आक्रमण गराउन सक्ने भनी सुरक्षा अधिकारीबाट विगतमा गरिएका अनुसन्धानमा ल्याइएका व्यक्ति भएको बताइन। रासस/एएफपी