PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

भोजपुरमा स्थानीय निर्वाचनका लागि १४४ मतदान केन्द्र तोकिए



पहिलोपोस्ट

भोजपुरमा स्थानीय निर्वाचनका लागि १४४ मतदान केन्द्र तोकिए

भोजपुर : आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ। 

राजनीतिक दल, सरोकारवालाको सर्वपक्षीय निर्णयले जिल्लाभर एकसय ४४ मतदान केन्द्र राख्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए। 

स्थानीय तह पुनर्संरचना भएसँगै भोजपुर जिल्लाका दुई नगरपालिका – भोजपुर र षडानन्द नपा र सात गाउँपालिका क्रमशः साल्पा–सिलिचो, टेम्के–मैयूँ, पौवा–दुम्मा, अरुण, हतुवागढी, आम्चोक तथा रामप्रसाद राई गाउँपालिकाका जम्मा ८७ ठाउँमा मतदानस्थल राख्न सिफारिस गरिएको छ। 

दुई नगरपालिकामा २६ र सात गाउँपालिकामा ६१ मतदानस्थल राखिने भएको हो। निर्वाचनका लागि कर्मचारीको लगत संकलन भइरहेको र निर्वाचन शिक्षा भने चैत दोस्रो हप्तादेखि सञ्चालन गरिने निर्वाचन अधिकारी रेग्मीले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell