PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

अस्कर विजेता मुनलाइटसहित तीन हलिउड फिल्म नेपालमा प्रदर्शन हुँदै



पहिलोपोस्ट

अस्कर विजेता मुनलाइटसहित तीन हलिउड फिल्म नेपालमा प्रदर्शन हुँदै

काठमाडौं: अस्कर अवार्ड विजयी र मनोनित तीन फिल्म नेपालमा प्रदर्शन हुने भएको छ। एप्पल इन्टरटेनमेन्टले नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शनको तयारी गरेको हो। मार्च ३१बाट सुरु हुने प्रदर्शन दुई साता लामो चल्लेछ।

नेपालका लागि विदेशी फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले अस्करमा उत्कृष्ट घोषित फिल्म मुनलाइट, लाला ल्यान्ड र डीप वाटर होराइजन प्रदर्शन गर्न लागेको हो।

देशभरका सबै मल्टिप्लेक्समा फिल्म रिलिज हुने एप्पल प्रमुख जेनिस पहारीले जानकारी दिएकी छिन्।

‘ढिलै भएपनि नेपाली दर्शकलाई ठूलो पर्दामा अस्करको मजा चखाउने जमर्को गरेका हौं’ उनले भनिन्, ‘खासगरि, गम्भिर दर्शकले यी फिल्म रुचाउन सक्नुहुनेछ ।’

गत महिना बाँडिएको अस्कर अवार्डमा अमेरिकी अफ्रिकन युवकको कथा प्रस्तुत गर्ने फिल्म मुनलाइट सर्वोत्कृष्ट भएको थियो । क्रिटिक्सहितका ठूला अवार्ड जितेको म्युजिकल ड्रामा लाला ल्यान्डले उत्कृष्ट निर्देशन, अभिनेत्री, छायांकन र ध्वनीका विधामा जित्यो। पिटर वर्ग निर्देशित डिजास्टर जानराको बायोपिक फिल्म डीप वाटर होराइजन ध्वनी सम्पादन र भिजुअल इफेक्ट विधामा मनोनित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell