PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै



पहिलोपोस्ट

निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा अनुगमनसम्बन्धी बेग्लै निर्देशिका ल्याउँदैछ।

आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनमा हुने सबै प्रक्रियाको अनुगमनका लागि त्यस्तो निर्देशिका बन्दै गरेको र चाँडै जारी हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

आयोगले यसअघि निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका–२०७३, स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिका–२०७३ भने जारी गरिसकेको छ। आयोगमा पर्यवेक्षण पाऊँ भनी संस्थागत आवेदन दिने क्रम सुरु भएको छ। यस्तै आयोगले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७३ पनि जारी गरिसकेको छ। निर्वाचन ऐन, २०७३ को दफा ४४ बमोजिम ती निर्देशिका जारी भएका हुन्।

स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिकामा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउन गोप्य मतदानबाहेकका अन्य प्रक्रियामा अधिकतम् पारदर्शी बनाइने उल्लेख छ। सोका लागि पर्यवेक्षक हुने संस्था र व्यक्तिलाई अभिमुखीकरण र क्षमता विकास गरी खटाउने आयोगको नीति छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell