PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

लागुऔषधसहित एक पक्राउ



पहिलोपोस्ट

सुनसरी : प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ पिण्डेश्वरी चोक बस्ने २८ वर्षीय नविन गुरुङ रहेको प्रहरीले जनाएको छ।

गुरुङलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध एभिल ७ सय ३५ एम्पुल, डाइजलोप ७ सय ३५ एम्पुल र लुपिजेसिक ७ सय ३५ एम्पुलसहित पक्राउ गरेको हो। 

प्रहरीले बिहीबार गुरुङको कोठा तलासी गर्दा प्रेसर कुकुरको खाली कार्टुनमा लुकाई राखेको अवस्थामा उक्त लागु औषध बरामद भएको थियो।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिररहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell