PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण सुरु



पहिलोपोस्ट

लमजुङ (बेँसीसहर) : बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ।

उक्त जलविद्युत् आयोजना २०७६ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो। कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ। प्रवर्द्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ। संस्थापक सेयरधनीको एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिए।

सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् रु २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात् १५ करोडको सेयर छुट्टयाइएको उनले बताए। आयोजनामा १५/१५ मेगावाटको दुईवटा टर्बाइन रहनेछ। वार्षिक १७ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell