PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

बद्रीनाथकी दुल्हनिया सय करोड क्लबमा



पहिलोपोस्ट

बद्रीनाथकी दुल्हनिया सय करोड क्लबमा

दुई साताअघि प्रदर्शनमा आएको फिल्म 'बद्रीनाथकी दुल्हनिया'ले aलिउड बक्सअफिसको सय करोड क्लबमा नाम लेखाएको छ। बिहिबार मात्र दुई करोडको कमाई गरेपछि फिल्मले सय करोड ग्रस जम्मा गर्न सफल भएको हो।

फिल्म बद्रीनाथकी दुल्हनियाले प्रदर्शनको सुरुवातमा आक्रमक व्यापार गरेको थियो। बरुण धवन र आलिया भट्ट स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन मात्र बाह्र करोड पच्चिस लाखको बक्स अफिस कलेक्शन गरेको थियो।

फिल्म बिक्रेता एवं समिक्षक रमेश बालाले ट्विटर मार्फत फिल्मको ग्रसर अमाउन्ट सार्वजनिक गरेका हुन्।

 

सशाङ्क खैतानको निर्देशनमा बनेको फिल्म सन् २०१४ को फिल्म ‘हम्प्टी शर्माकी दुल्हनिया’को सिक्वेल फिल्म हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell