PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

हात्तीको आतङ्क रोक्न सवा करोडको औषधि र उपकरण



पहिलोपोस्ट

हात्तीको आतङ्क रोक्न सवा करोडको औषधि र उपकरण

काठमाडौँ : निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ।

पछिल्लो समयमा मुलुकभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट उक्त मूल्य बराबरको औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो।

आगामी दुई महिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए। जङ्गली जनावर मात्तिएपछि नियन्त्रण गर्न लठ्याउने औषधि खर्चिलो छ। चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा रु २५ हजार बराबरको खर्च हुने बताउँदै महानिर्देशक खड्का भन्छन्– 'हात्तीलाई त्यसभन्दा बढी परिमाणको औषधि खर्च हुन्छ।' यसबाहेक निशाना गलत भएमा दोब्बर खर्च हुन्छ।

मात्तिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुकमार्फत उक्त औषधिको प्रयोगले नियन्त्रणमा लिने गर्छन्। प्राकृतिक वासस्थान र आहाराको अतिक्रमणपछि मुलुकभर वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको बताइन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell