PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

लागुऔषधसहित पाँच जना पक्राउ



पहिलोपोस्ट

काठमाडौँ : नेपाल प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। 

लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले काठमाडौँ गोकर्णश्वर नगरपालिका बस्ने २३ वर्षीय छिरीङ लामा, २७ वर्षीय मिलन लामा, ३३ वर्षीय विजय तामाङ, काभ्रे जिल्ला घर भई हाल ललितपुर बस्ने २८ वर्षीय सुवर्ण कुवँर र भक्तपुर घरभएका १८ वर्षीय अविक थापालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले बुप्रेनोर्फिन, डाइजेपाम, एमपुललगायतका लागुऔषधसमेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell