PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

धुर्मुस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट करिब १२ लाख सहयोग



पहिलोपोस्ट

धुर्मुस-सुन्तली फाउण्डेशनलाई कोरियाबाट करिब १२ लाख सहयोग

काठमाडौँ : रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले धुर्मुस-सुन्तली फाउण्डेशनलाई करिब १२ लाख सहयोग गरेको छ। 

कोरियामा नेपालीहरुबाट संकनल गरिएको ११ लाख ८४ हजार ८६३ रुपैयाँ धुर्मुस सुन्तली फाण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई संस्थाका संयोजक सर्वजित शाहले हस्तान्तरण गरेका छन्। 


समूहले छोटो समयमा उक्त रकम उठाउन आफूहरु सफल भएको बताउँदै सहयोग संकलन अभियानका मुख्य संयोजक सर्वजित शाहले फाउण्डेशनलाई सहयोग गर्न पाएकोमा संस्था खुसी भएको बताए।

सहयोग रकम कोरियामा रहेका करिब ४ सयभन्दा बढी नेपालीहरुबाट संकलन गरिएको थियो। यम श्रेष्ठको अगुवाइमा अभियान्ता एल.बि. श्रेष्ठको संयोजन र समूहमा रहेका अन्य अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग संकलन गरिएको संयोजक शाहले बताए।

सहयोग हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले सहयोग संकलन र खुलेर सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै राष्ट्र निर्माणमा आफूहरुलाई थप उर्जा मिलेको बताए। ‘विश्वको जुनसुकै देशमा रहेका नेपालीहरुलाई पनि देश विकास होस् भन्ने चाहाना हुन्छ’ अध्यक्ष कट्टेलले भने भने, ‘सबै नेपाली एकजुट भए चाँडै देश समृद्ध र सुन्दर हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell