PahiloPost

Mar 24, 2026 | १० चैत्र २०८२

फेवा नव वर्ष महोत्सव चैत २९ गतेदेखि



पहिलोपोस्ट

पोखरा : चौधौँ फेवा नववर्ष महोत्सव यही चैत २९ गतेदेखि वैशाख २ गतेसम्म पोखराको वैदामस्थित कोमागाने पार्कमा हुने भएको छ।

‘फेवातालको संरक्षण गरौं’ नाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा हुन लागेको सो महोत्सवको मुख्य आकर्षण ‘पर्यटन, संस्कृति र खाना रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष एवम् संयोजक विकल तुलाचनले जानकारी दिए।

दिन प्रतिदिन प्रदूषित र सङ्कुचित हुँदै गएको फेवातालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ। नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको उद्देश्य रहेको छ।

महोत्सवका थप आकर्षणमा पाँच तारे होटलदेखि पोखरा क्षेत्रका गाउँ घरमा पाइने खानाका परिकार एकै थलोमा पाइने, सांस्कृतिक कार्यक्रम, बाल उद्यान तथा कृषि उपजको प्रदर्शनी रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell