PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

विवादित मतदान केन्द्रमा सहमति



पहिलोपोस्ट

बैतडी : बैतडीमा एकसय २० मतदान केन्द्र सिफारिस गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ।

मतदान केन्द्र सिफारिस समितिले साविकका मतदान केन्द्रमध्ये २३ केन्द्रलाई हेरफेर गरी फेरि पनि १२० मतदान केन्द्रमै सहमति गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए।

'साण्विकका वडा तथा गाविस नयाँ संरचनाअनुसार टाढा पर्न गएकाले हेरफेर गरिएको हो,' उनले भने– 'साविकको केन्द्रबाट २३ केन्द्र हटेको तर हेरफेर गरी नयाँ संरचनाअनुसार पुनः २३ वटै थपिएका हुन्।'

यसअघि विवाद देखिएको डिलासैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाका मतदान केन्द्रमा स्थलगत अध्ययन गरी सहमति कायम गरेको बताइएको छ।

यसअघि दलहरुले २०७० सालमा तय भएका मतदान केन्द्र थप्नुपर्ने अडान लिएपछि सहमति हुन सकेको थिएन।

बैतडीमा २०७० सालमा संविधानसभाको निर्वाचन हुँदा १२० मतदान केन्द्र रहेका थिए।

स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपालिका र छ गाउँपालिका सिफारिस गरेको छ।

जिल्लामा ६५ हजार ९३२ महिला, ६२ हजार ८५० पुरुष र एकजना तेस्रोलिङ्गी गरी एक लाख २८ हजार ७८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell