PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एनसेल प्रयोग नगर्न कार्यकर्तालाई अनेरास्ववियुको आग्रह



पहिलोपोस्ट

एनसेल प्रयोग नगर्न कार्यकर्तालाई अनेरास्ववियुको आग्रह

काठमाडौँ : अनेरास्ववियुले नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, विद्यार्थी र सर्वसाधारणलाई सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न आग्रह गरेको छ।

अनेरास्ववियुका कावा अध्यक्ष रश्मी आचार्यको अध्यक्षतामा आज बसेको स्थायी कमिटी बैठकले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर सबै नबुझाएसम्म प्रयोग नगर्न आग्रह गरिएको सचिव आरसी लामिछानेले जानकारी गराए। 

लामिछानेका अनुसार बैठकले आइतबार अर्थमन्त्री र लेखा समितिका सभापतिलाई कर तिराउँदा दबाब दिनका लागि ज्ञापनपत्र बुझाउने र सोमबार देशभरि विरोध सभा गर्ने निर्णय पनि गरेको छ। बैठकले समयमै विद्यालयस्तरको पाठ्यपुस्तक विद्यार्थीका हातमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell