PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिसमा नेपाललाई स्वर्ण पदक



पहिलोपोस्ट

आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिसमा नेपाललाई स्वर्ण पदक

काठमाडौं : नेपालले आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा दुई पदक जितेको छ। अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार नेपालले टिम इभेन्टको पुरुषमा स्वर्ण र महिलामा रजत जितेको हो।

भारतको मेघालयस्थित सिलोङमा भएको पुरुष टिम इभेन्टमा नेपालले भुटान र भारतलाई समान ३–० को नतिजामा पराजित गर्‌यो। नेपाली पुरुष टिममा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणि लामा, रितिज जोशी, नारायण घिमिरे र विपुल महर्जन छन्।

महिला टिम स्पर्धामा नेपालले भुटानलाई ३–० ले हरायो। नेपाल भारतसंग भने २–३ ले पछि पर्दै स्वर्णबाट चुक्यो। सोनु थापा मगर, गीता अर्याल, सिक्का सुवाल, मन्जु सुवाल र सुजाता दुवाल टोलीका सदस्य हुन्।

‘पुरुषमा नेपालले दक्षिण एसियाको बलियो मानिएको राष्ट्र भारतलाई हराएर दक्षिण एसियाली क्षेत्रको जुनियर टेबलटेनिसमा राम्रो नतिजा हासिल गर्न सक्ने सम्भावना देखाएको छ।’ अध्यक्ष वैद्यले भने, ‘यो नतिजाबाट आगामी जुलाईमा श्रीलंकामा हुने दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपबाट पदकको आशा गर्न सकिन्छ।’

शनिबारसम्म हुने यु–२१ उमेर समूहको यस प्रतियोगितामा नेपाल, भुटान र भारत गरी ३ राष्ट्र सहभागी छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell