PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

भोजपुरमा दर्जनौँ द्वन्द्वकालीन हातहतियार भेटिए



पहिलोपोस्ट

भोजपुरमा दर्जनौँ द्वन्द्वकालीन हातहतियार भेटिए

भोजपुर : उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला परेका छन्।

टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। फेला पारिएका हातहतियार प्रहरी चौकी दोभानेको सुरक्षामा राखिएको छ।

नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट डिस्पोजल टोली घटनास्थलमा खटिएको जनाइएको छ। ती हतियार द्वन्द्वकालमा राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell