काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानछुवानले विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरवारक्षेत्रको अवलोकन गरेका छन्।
रक्षामन्त्री चाङले हनुमानढोका क्षेत्रमा रहेका नौतले दरबार, नासलचौक, लोहचोक र त्यस क्षेत्रका काष्ठकला, जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, कालभैरवको मूर्ति तथा कुमारी मन्दिरहरुको अवलोकन गर्दै विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे पनि जानकारी लिए।