PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

बारामा २९७ मतदान केन्द्र तोकिए



पहिलोपोस्ट

बारामा २९७ मतदान केन्द्र तोकिए

कलैया : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।

२०६८ सालको जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल छ लाख ८७ हजार ७०८ जनसङ्ख्या रहेको बारा जिल्लामा दुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र नौवटा गाउँपालिका रहेका छन्।

जिल्लामा एक लाख ८६ हजार १४६ पुरुष, एक लाख ५० हजार ८४२ महिला र ५१ जना तेस्रोलिङ्गी गरी कुल तीन लाख ३७ हजार ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नरेश सर्राफले बताए।

विगत २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा दुई लाख ९६ हजार ५२८ जना मतदाताले २९७ वटा मतदान केन्द्रबाट मतदान गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell