PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

फिल्म ‘अपरिचित’ चैत २५ बाट



पहिलोपोस्ट

फिल्म ‘अपरिचित’ चैत २५ बाट

काठमाडौं: फिल्म ‘अपरिचित’ चैत्र २५ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्म ‘पर्व’ सो मितिमा प्रदर्शनमा आउने हल्लाका कारण अपरिचितले फिल्म रिलिज मिति सार्वजनिक गरेको थिएन।
 
जुना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रज्वल गिरी, ध्रुव कोइराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवालगायतको मुख्य भूमिका रहेको छ। फिल्मलाई रुपेश थिङले निर्देशन गरेका हुन्। रुपेश थिङले यसै फिल्मबाट नेपाली भाषाको फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। यसअघि तमाङ चलचित्र पर्खाल, कर्म निर्देशन गरेका थिए।
 
मिलन लामा र जविन्द्र सुब्बाको संयुक्त निर्माण रहेका फिल्म एक्शन लभ स्टोरी हो। अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन्। फिल्ममा श्री श्रेष्ठको द्धन्द, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell