काठमाडौं: गायक थानेश्वर गौतमको नयाँ गीत सार्वजनिक भएको छ। ‘रोएरै मेटिने भए’ बोलको गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो।
गीतमा थानेश्वर गौतमको स्वर, कमल प्रसाद खरेलको शब्द र कृष्ण पुनको एरेञ्ज रहेको छ। सार्वजनिक भिडियोमा नारायण, कृस्टिना र सुमितको अभिनय रहेको छ।
‘छमछमती पाउजुहरु’, ‘स्याङ्गजा गएँ पाल्पा गएँ’, ‘गाजल लगाइन छौ, ‘सिन्दुर लाउने हौली माया’ लगायतका गीत चर्चामा छन्।
हेर्नुस् रोजल थापाले निर्देशन गरेको र रामेश्वर कार्कीले खिचेका भिडियो: