PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

तीन दिने भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फिर्ता



पहिलोपोस्ट

तीन दिने भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री जनरल चाङ स्वदेश फिर्ता

काठमाडौँ : नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वान आज स्वदेश फर्कएका छन्।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री चाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेट गरेका थिए। साथै रक्षामन्त्री खाँण र गृहमन्त्री निधिसँग द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहेर छलफल गरेका थिए।

चिनियाँ रक्षामन्त्री चाङले आजै विश्व सम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरवारक्षेत्रको अवलोकन गरे। उनले यहाँ रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे पनि जानकारी लिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले उनको बिदाइ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell