PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सुशीला पौडेलका दुई गजल



पहिलोपोस्ट

सुशीला पौडेलका दुई गजल

  • सुशीला पौडेल

आज निर्धाहरुको मुस्कान हराएको छ
गरिबको बस्ती अनि चिहान हराएको छ

कोही किन रुन्छ यो निर्दयी सहरमा
जहाँ मान्छेको पहिचान हराएको छ

सय प्रश्न उठायो उसले मानवताको
किन बुझ्दैन ऊ भगवान हराएको छ


ढल्छ अँध्यारो भन्ने नारा बन्दैछ रे
बर्सौँदेखि जब कि बिहान हराएको छ। 

----

उसले यस्तो अंशवण्डा लगाइरहेछ
बाबा र आमा दुई भाग बनाइरहेछ

के सोच्छ कुन्नी घरीघरी मन्दिर धाउँछ
सायद सोच्दो हो पाप कराइरहेछ

कर्मको फल भोग्नैपर्छ के हुन्थ्यो ढाँटेर
हात्तीको जस्तो दाँत अझै देखाइरहेछ

लिलाम गर्यो मानवता सीमा नै नाघेर
फगत आज एक्लै आँसु बगाइरहेछ 

शितल दिने छ्हारीमा सिस्नु सारेपछि
कसको लागि यति धेरै  सुर्ताइरहेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell