PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी



पहिलोपोस्ट

पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने भारतको चेतावनी

नयाँदिल्ली : भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ।

आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ।

'भारतले सम्भव भएसम्म चाँडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,' गृहमन्त्री राजनाथ सिंहले भने।

'पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,' उनले भने। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell