PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

केशव श्रेष्ठको 'समृद्धिको बाटो' सार्वजनिक



पहिलोपोस्ट

केशव श्रेष्ठको 'समृद्धिको बाटो' सार्वजनिक

काठमाडौं : केशव श्रेष्ठद्वारा लिखित पुस्तक 'समृद्धिको बाटो'को विमोचन भएको छ।

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, योजना आयोगका पूर्व सदस्य चन्द्रमणि अधिकारी, आर्थिक पत्रकार संघ सेजनका अधयक्ष गोकर्ण अवस्थी लगायतले शनिबार राजधानीमा पुस्तकको विमोचन गरेका हुन्।

२०४१ सालमा पहिलो कृतिको रुपमा मालती उपन्यास प्रकाशित गरेका श्रेष्ठले आफ्नो जीवनमा भोगेका, देखेका अनुभवहरुलाई समेट्दै कथात्मक शैलीमा उक्त पुस्तक लेखेका बताए।

२०४० सालबाट सरकारी जागिर सुरु गरेका श्रेष्ठले विभिन्न औद्योगिक संस्था संस्थाहरुका साथै, प्लान नेपाल, डिएफआइडी, केयर नेपाल जस्ता संस्थामा काम गरिसकेका छन् भने हाल सेभ द चिल्ड्रेनको निर्देशक छन्।

पुस्तकलाई क्रिएटिभ बुक्सले प्रकाशन गरेको हो। यसको मूल्य ३२५ रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell