PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

हिन्दु राज्य माग्दै खुमबहादुरले पार्टीमा दर्ता गरे ध्यानाकर्षण प्रस्ताव



पहिलोपोस्ट

हिन्दु राज्य माग्दै खुमबहादुरले पार्टीमा दर्ता गरे ध्यानाकर्षण प्रस्ताव

काठमाडौं : संविधान जारी गर्ने पूर्वसन्ध्यामा हिन्दु राज्यका लागि जागरण अभियान सञ्चालन गरेका नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दु राज्य पुनस्र्थापनामा छलफल माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गरेका छन्।

पार्टी केन्द्रीय समितिमा छलफलको एजेण्डा बनाउन माग गर्दै खड्काले आइबार ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावको दर्ता नम्वर ४६३ रहेको छ।

पार्टी केन्द्रीय समिति बैठक सुरु हुनुअघि खड्काले प्रस्ताव दर्ता गरेका हुन्। दर्ता प्रस्तावको औचित्य देखिए केन्द्रीय कार्यालयले पनि छलफलको अजेण्डा बनाउन सक्नेछ। 

खड्काले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि समेत कांग्रेसको भूमिका सक्रिय हुनुपर्ने प्रस्तावमा उल्लेख गरेका छन्। संविधान जारी भएपछि स्थायित्व र शान्ति कामय नभएकाले कांग्रेसको सशक्त भूमिकाले आवश्यक रहेको प्रस्तावमा उल्लेख गरेका छन्। मधेशको समस्या समाधानका लागि पार्टीले पहल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell