PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

बङ्गलादेशमा आतङ्ककारी हमला : छ जनाको मृत्यु, झडप जारी



पहिलोपोस्ट

बङ्गलादेशमा आतङ्ककारी हमला : छ जनाको मृत्यु, झडप जारी

बङ्गलादेशमा एउटा भवन नजिकै भएको विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ।

बिबिसीले जनाएअनुसार आक्रमणमा परी दुई पुलिस अफिसरको पनि मृत्यु भएको छ। 

आक्रमणकारी भवनमै लुकेका छन् भने सुरक्षाकर्मीले चारैतिरबाट भवनलाई घेरेको छ। बङ्गलादेशको उत्तर-पूर्वी सहर सिलहटमा रहेको यस भवनको वरिपरि भीड जम्मा भएको छ। बिस्फोटको जिम्मेवारी भने इस्लामिक स्टेटले लिएको छ। प्रहरीले भने यो हमला बङ्गलादेशको नयाँ समूह जमाएतुल मुजाहिदीनले गरेको आशङ्का गरेको छ।

योभन्दा अघि बङ्गलादेशको सेनाले चरमपन्थीहरुको कब्जमा रहेको यस भवनबाट ८० जना नागरिकलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो।

शनिबार भएको यस घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन्। भवनमा लुकेका आक्रमणकारी र सुरक्षाकर्मीको बीचमा गोली हानाहान भइररहेको छ।

१७ मार्चमा ढाकामा पनि एउटा अर्को सन्दिग्ध आत्मघाती हमला भएको थियो। यस हमलमा पुलिसको व्यारेकलाई निशाना बनाइएको थियो। जसमा दुई सुरक्षाकर्मी घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell