PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

कपिल शर्माको शोका लागि यिनै होलान् त नयाँ कलाकार?



पहिलोपोस्ट

कपिल शर्माको शोका लागि यिनै होलान् त नयाँ कलाकार?

आपसी झगडा र लामो वादविवाद पछि सुनिल ग्रोवरले द कपिल शर्मा शो छोड्ने निश्चित भएको छ। डाकटर मसुर गुलाटीको भूमिका निर्वाह गर्दै आएका सुनिलले कार्यक्रम छोड्ने खबर सार्वजनिक भएसँगै अब कपिल शर्मा शो को के हुन्छ? भन्ने प्रश्न सामाजिक संजालदेखि मिडियासम्ममा उठ्यो।

कसले उठाउला अब कपिलको कार्यक्रममार्फत दर्शक हँसाउने जिम्मेवारी?

धेरैले हास्यकलाकार राजु श्रीवास्तवाले अब सुनिलको ठाउँ लिने अड्कल गरेका छन्। कपिलले राजुसँग यो विषयमा कुरा गरे पनि उनले कार्यक्रममा काम गर्नका लागि अस्विकार गरेको वेवदुनियाँले जनाएको छ।

त्यस्तै अर्का कलाकार कृष्णा अभिषेकको नाम पनि अगाडी आएको छ। कृष्णा कपिलको स्ट्यान्ड अप कमेडीको प्रतिद्वन्दी रहे पनि हाल कपिलले उनलाई आफ्नो शोको लागि अफर गरेका हुन्। यसको कारण हो सुनिल र कपिलको विवादमा कृष्णाले कपिलको पक्षमा आफ्नो धारणा राख्नु। के उनको धारणालाई कपिल शर्मा शोप्रति सकारात्मक रहेको संकेत मान्न सकिन्छ?

सुनिलले शो छाड्नु अघि पनि कृष्णाले कपिलको कार्यक्रममा काम गर्ने खबर सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell