PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

माटोको ढिस्कोमा पुरिएर तीन महिला घाइते



पहिलोपोस्ट

बझाङ : नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन्।

तीमध्ये खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन्। घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिप्रकाले जनाएको छ।

सोही गाउँपालिका–३ बस्ने राधा रोकाया र सीता रोकाया सामान्य घाइते भएकामा नजिकको स्वास्थ्य चौकीमा उपचार गरी ठीक भएको घाइतेका आफन्तले बताएका छन्। उनीहरु शनिबार दिउँसो घरभन्दा एक घन्टा टाढा रहेको माटी खानमा माटो लिन गएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell