PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

लागूऔषधसहित एक जना पक्राउ



पहिलोपोस्ट

लागूऔषधसहित एक जना पक्राउ

रौतहट : प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिगांडिया–२ घर भई चन्द्रपुर नगरपालिका–४ बस्ने २७ वर्षीय मोहम्द फरमान रहेका छन्।

प्रहरीले उनको साथबाट नाइट्राभेट ९ पतामा रहेको १ सय ३५ ट्याबलेट, नाइट्रोसन ७ ट्याबलेट, कोरेक्स १ सय एमएलको २ बोतल बरामद गरेको छ।

चन्द्रपुर नगरपालिका–१० बाल्चनपुर चोकमा प्रहरीले शनिबार फरमान सवार ना. ११ प ४७०० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिक्किमा लुकाएर ल्याएको उक्त लागूऔषध बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell